ad ad

खेल


इर्लिङ हालान्डले बनाए कीर्तिमान, म्यानचेस्टर सिटी उक्लियो शीर्ष स्थानमा

इर्लिङ हालान्डले बनाए कीर्तिमान, म्यानचेस्टर सिटी उक्लियो शीर्ष स्थानमा

नेपालखबर
बैशाख २१, २०८० बिहिबार ९:१९, काठमाडौँ

इर्लिङ हालान्डको कीर्तिमानी गोलमा म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। 

यो गोलसँगै हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमान आफ्नो नाममा गरेका छन्। हालान्डले लिगको ३३औं खेलमा कीर्तिमानी गोल गर्दै एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। 

यसअघि सन् १९९३–९४ मा एलेन शेरेरले ३४ गोल गर्दै एकै सिजन सर्वाधिक गोलको कीर्तिमान आफ्नो नाममा राखेका थिए। त्यो समयमा प्रिमियर लिगमा ४२ खेल हुन्थे। ३८ खेलको लिगमा भने सन् २०१७ मा मोहम्मद सलाहले सर्वाधिक ३२ गोल गर्दै कीर्तिमान आफ्नो नाममा गरेका थिए।

लिगमा अझै ५ खेल बाँकी छ। बाँकी ५ खेलमा हालान्डले यही लयलाई निरन्तरता दिन सके उनले लियोनल मेस्सीको कीर्तिमान पनि आफ्नो नाममा गर्न सक्नेछन्। 

युरोपको शीर्ष पाँच लिगमा लियोनेल मेस्सीले सन् २०११–१२ मा ला लिगामा बनाएको ३८ गोलको कीर्तिमान समेत तोड्न हालान्डले तोड्न सक्नेछन्। 

बुधबार राति भएको खेलमा सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३–० ले हराउँदै शीर्ष स्थानमा उक्लेको हो। आर्सनल दोस्रो स्थानमा झरेको छ। सिटीको जितमा हालान्डसँगै नाथन एके र फिल फोडेनले गोल गरे। 

खेलको ५०औं मिनेटमा नाथन एकेले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। ७०औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। ८५औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३– ० को अग्रता दिलाए। 

जितसँगै सिटीले ३३ खेलबाट ७९ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ।  एक खेल बढी खेलेको आर्सनल ७८ अंकमा दोस्रो स्थानमा छ।  
गएराति नै भएको अर्को खेलमा लिभरपुलले फुलहामलाई १–० गोल अन्तरले हराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .