ad ad

खेल


चर्च ब्वाइजको नयाँ मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन

चर्च ब्वाइजको नयाँ मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन

नेपालखबर
चैत २९, २०७९ बुधबार १३:४, काठमाडौँ

चर्च ब्वाइज युनाइटेड क्लबले मुख्य प्रशिक्षकका रुपमा बालगोपाल महर्जनलाई टोलीमा अनुबन्ध गरेको छ। 

यसअघिका प्रशिक्षक प्रदीप हुमागाईंले पद छाडेपछि चर्च ब्वाइजले उनको स्थानमा महर्जनलाई ल्याएको हो। 

यसअघि घरेलु फुटबलका सफल टोली थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबमा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका महर्जनले बुधबारदेखि नै टोली हेर्नेछन्। 

केही समय राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिएका उनले राष्ट्रिय फुटबल टोलीलाई बंगबन्धु गोल्ड कप र पहिलो थ्री नेसन्स कपको उपाधि दिलाएका थिए। 

लिगको ७ खेलमा चर्च ब्वाइज १३ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .