स्पिनर सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका छन्।
आइसीसी लिग २ विश्वकप एक दिवसीय सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ।
सन्दीपले ओपनर कर्ली कोट्जरलाई एलबीडब्लु धरापमा पार्दै पवेलियन पठाएका थिए। कर्ली २२ रनमा आउट भए।
पहिलो विकेटका लागि कर्ली र जर्ज मुन्सले ७.५ ओभरमा ४२ रनको साझेदारी गरेका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्ड ८ ओभरको समाप्तीमा १ विकेट गुमाएर ४३ रन बनाएर खेलिरहेको छ।
जर्ज २० र क्रिस्टोफर म्याब्राइड २ रनमा क्रिजमा छन्।
195
Shares
प्रतिक्रिया