सावित्रा भण्डारी र अनिता बस्नेतको समान दुई गोलमा घरेलु टोली नेपालले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
काठमाडौंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको हो। खेलको पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो। नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले समान दुई गोल गरे।
साफ च्याम्पियनसिप फुटबलमा भुटानले अहिलेसम्म नेपाललाई गोल गर्न सकेको छैन। खेलको पहिलो हाफमा वर्षा बाधक बन्दा दुवै टोलीले गोल गर्न सकेनन्।
चोटपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेकी साम्बाले खेलको १२ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाईन्। भुटानकी गोलरक्षक संगिता मगर र अमिसा कार्की जुध्दा सावित्राले खाली पोष्टमा गोल गर्न सफल भईन्। चोटपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेकी साम्बाले राष्ट्रिय टोलीका लागि ३९ गोल गरेकी हुन्। भुटानविरुद्ध नवौँ गोल गरेकी हुन्। साम्बाले भुटानविरुद्ध लगातार चौथो खेलमा गोल गरिन्।
खेलको ३५ औँ मिनेटमा भुटानकी पेमा चोडेन छिरिङले दिएको क्रसलाई सुनिता राईले सदुपयोग गर्न नसक्दा भुटान अग्रता लिनबाट चुक्न पुग्यो।
खेलको ४७ औँ मिनेटमा साम्बाले दिएको ब्याक पासलाई डेब्यु खेलाडी दिपा शाहीको प्रहार पोष्टमाथिबाट बाहिरिदा नेपालले अग्रता दोब्बर पार्ने मौका गुमायो। ५७ औँ मिनेटमा अनिता बस्नेतले दिएको क्रस पासमा साम्बाले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकिनन्।
६४ औँ मिनेटमा अनिता बस्नेतले भुटानका डिफेन्डरलाई छक्याउँदै गरेको प्रहार पोष्ट नजिकबाट बाहिरियो।
खेलको ६८ औ साम्बाले व्यक्तीगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अवस्थामा ल्याईन्। उनले वन भर्सेस वनमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्।
खेलको ७३ औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याइन्। अनिताले डि बक्स बाहिरबाट गरेको प्रहारले सिधै पोष्टको दिशा लियो। अनिताले नै खेलको ८४ औँ मिनेटमा गोल गर्दै अग्रता फराकिलो पारिन्।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग २७ गते खेल्ने तालिका छ।
तस्बिरहरू
Shares
प्रतिक्रिया