माल्दिभ्समा सम्पन्न साफ च्याम्पियिसिप फुटबल प्रतियाेगितामा उपविजेता बनेको नेपाली राष्टिय फुटबल टोली आज सोमबार बिहान स्वदेश आइपुग्दै छ।
नेपाली टोली बिहान ९ बजेपछि त्रिभुवन विमानस्थल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
साफको इतिहासमा पहिलोपटक फाइलन पुगेको नेपाली टोली भारतसँग ३–० गोलअन्तरले हारेपछि उपविजेता बनेकाे हाे।
भारतले आठौँपटक साफको उपाधि जितेकाे हो।
साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको हो।
भारतसँग हारेपछि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली समर्थकलाई साथ दिन आज विमानस्थल आउन समर्थकलाई आग्रह गरेका छन्।
साफ च्याम्पियनसिपका लागि नेपाली टोली गत भदौ २५ गते कतार गएको थियो। कतारमा मैत्रीपूर्ण खेल र अभ्यासपछि टोली असोज ११ गते मालदिभ्स पुगेको थियो।
साफ च्याम्पियनसिपमा नेपालले पहिलोपटक लगातार दुई खेल जितेकाे थियो।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएकाे थियो।
तेस्रो खेलमा भने भारतसँगै १–० ले हारेकाे नेपाली टोलीले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै पहिलोपटक साफको फाइनलमा पुगेको थियो।
Shares
प्रतिक्रिया