ad ad

खेल


एनओसीद्वारा नेपाली खेलकुद इतिहास समेटिएको वेबसाइट सुरु

एनओसीद्वारा नेपाली खेलकुद इतिहास समेटिएको वेबसाइट सुरु

नेपालखबर
असार २२, २०७८ मंगलबार १८:१५,

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पिक सोलिडारिटीअन्तर्गत खेलकुदको इतिहास समेटिएको वेबसाइट सुरु गरेको छ।

नेपाल ओलम्पिक संग्रहालयले उक्त वेबसाइट सुरु गरेको हो। 

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार एक कार्यक्रमका बीच नेपाली खेलकुद इतिहासका विविध पक्ष समेटिएको ‘स्पोर्ट्स नेपाल डट ओआरजी’ वेब साइटको उद्घाटन गरेका छन्। 

नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत प्रोजेक्ट (२०२०–२०२१) को पहिलो चरणमा नेपाली खेलकुदको इतिहाससँग जोडिएका सामग्रीको संकलन र अभिलेखीकरण सुरु भएको हो। 

यसका लागि सोलिडारिटी कार्यक्रमबाट १५ हजार डलर प्राप्त भएको थियो। 

कार्यक्रममा कमिटीका अध्यक्ष श्रेष्ठले अनलाइन संस्करणले नेपाली खेलकुदको पुरानो र नयाँ पुस्तालाई जोड्ने काम गर्ने बताउँदै नेपाली खेलकुद इतिहास निकै पुराना भएपनि यसलाई अभिलेखीकरण गर्नुपर्ने काम धेरै भएको बताए। 

उनले नेपाली खेलकुदको इतिहासको संरक्षणमा नेपाल ओलम्पिक कमिटीको सहयोग सधैँ रहने पनि बताए।

कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपाली खेलकुदलाई अभिलेखीकरणको सुरुआत मात्र भएको र यसको निरन्तरता दिनुपर्नेमा जोड दिए। 

कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले नेपाली खेलकुदका लागि इतिहास अभिलेखीकृत गर्ने कार्यक्रमको ठूलो महत्व रहेको बताए। 

कार्यक्रममा नेपाल ओलम्पिक म्युजियमका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले वेबसाइटको बारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .