ad ad

समाज


पोखरामा पहिरोले घर पुर्दा ७ जनाको मृत्यु, २ घाइते

पोखरामा पहिरोले घर पुर्दा ७ जनाको मृत्यु, २ घाइते

पहिरोमा पुरिएमा मानिसको खोजी गर्दै सशस्त्र प्रहरी


वाशुदेव मिश्र
असार २८, २०८१ शुक्रबार ६:५७, पाेखरा

अविरल वर्षासँगै खसेको पहिरोले घर पुर्दा पोखरामा एकै परिवारका ६ सहित ७ जनाको मृत्यु भएको छ। यो घटनामा दुईजना घाइते भएका कास्की प्रहरीले जनाएको छ।

पोखरा १९ तल्लाकोट टारीमा रहेको कुलबहादुर परियारको टिनले छाएको  र ढुङ्गामाटोले बनेको घरमा पहिरो खसेको हो। 

पहिरोमा पुरिएर घरमुली ४६ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षीमा परियार, १५ वर्षीया छोरी प्रशना परियारको मृत्यु भएको हो।

त्यसैगरी चितवनबाट माइत आएका छोरीज्वाइँ २५ वर्षीय अस्मित परियार र २० वर्षीया प्रभा परियारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि उद्धार निम्ति पुगेकी छिमेकी ५६ वर्षीया राधिका परियारको चाहिँ सोही क्रममा लडेर मृत्यु भएको सशस्त्र प्रहरी वल कालिका गणले जनाएको छ।

घटनामा परी सोही घरका छोरा १७ वर्षीय पवन परियार र उद्धार क्रममा निधन भएकी राधिकाका छोरा २९ वर्षीय कुमार परियार घाइते भएका छन्। 

घटनाको जानकारी पाएसँगै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्कीबाट सहायक निरीक्षक दीपेन्द्र बिष्टको कमाण्डमा १७ जना विशेष विपत् व्यवस्थापन टोली खटिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .