ad ad

समाज


गोरखा धार्चेका ११ घर पहिराको उच्च जोखिममा

गोरखा धार्चेका ११ घर पहिराको उच्च जोखिममा

गाेरखाकाे धार्चेस्थित रेसे गाउँ


नेपालखबर
साउन १७, २०८१ बिहिबार ११:९, काठमाडौँ

गोरखाको धार्चे गाउँपालिकाका ११ घर पहिराको उच्च जोखिममा परेका छन्। धार्चे गाउँपालिका- ५ सिङ्लास्थित पुरन गाउँका ११ घर पहिराको उच्च जोखिममा परेका हुन्। 

गएको आइतबार बिहान आएको बाढी र पहिरोले स्थानीय तेजबहादुर गुरुङको घर बगाएको थियो। उक्त घटनामा पाँच जना बेपत्ता भएका थिए भने २ जना गम्भीर घाइते भएका थिए। बेपत्ता पाँचमध्ये चारजनाको शव भेटिए पनि एक जना अझै बेपत्ता छन्।

पहिरोमा परेर बेपत्ता भएकामध्ये धार्चे गाउँपालिका–५ रेसेका ३७ वर्षीय जितबहादुर गुरुङ, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, बुवा ६० वर्षीय सुकलाल कान्छा गुरुङ र सोही ठाउँका ३३ वर्षीय रमेश गुरुङ शव फेला परेको हो।

तर, ट्याक्टर चालक २४ वर्षीय रमेश परियार अझै बेपत्ता छन्। 

त्यो पहिरोपछि सिङ्ला बस्ती नै उच्च जोखिमामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

पहिरोको कारण स्थानीय लक्ष्मण गुरुङ, खुमबहादुर गुरुङ, इन्द्रबहादुर गुरुङ, मानबहादुर गुरुङ र सुन्दारम गुरुङका ११ घर जोखिममा परेका धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।

बस्ने वैकल्पिक व्यवस्था नहुँदा स्थानीय जोखिम मोलेर पहिरो प्रभावित क्षेत्रका घरमा बसिरहेका छन्। 

‘आइतबारको पहिरोपछि सिंगो सिङ्ला गाउँ नै जोखिममा परेको छ,’ अध्यक्ष गुरुङको सचिवालयका राज गुरुङले नेपालखबरसँग भने, ‘२०७२ सालको भूकम्पपछि रुकाङ डाँडाको पुरङ गाउँको सिरानमा भूकम्पले जमिन चिरा चिरा परेकाले पनि पानी पर्नेबित्तिकै स्थानीय त्रसित हुनुपर्ने अवस्था सिर्जना भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .