ad ad

समाज


घाइते दुई जनाको मृत्यु, चालकको अवस्था चिन्ताजनक

घाइते दुई जनाको मृत्यु, चालकको अवस्था चिन्ताजनक

दुर्घटनामा परेको कार


सुनिता विष्ट
जेठ ५, २०८१ शनिबार १२:२१, हेटौँडा

कान्ति लोकपथमा पर्ने मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगन नजिकै आज (शनिबार) बिहान भएको कार दुर्घटनामा घाइते भएका ३ मध्ये दुईजनाको मृत्यु भएको छ। 

कारमा सवार मकवानपुरको भीमफेदी गाउँपालिका- ८ का प्रमेबहादुर ब्लोन र रौतहटको मौलापुर नगरपालिका ६ का १७ बर्षीय विवेक साहको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई हेटौँडा अस्पतालका डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। 

कार चालक सन्दिप साहलाई भने थप उपचारका लागि हेटौँडास्थित मकवानपुर सहकारी अस्पताल पठाइएको छ। टाउकोमा गम्भीर चोट लागेका चालक साहको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

आज बिहान साढे ७ बजे ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन नजिकै सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .