दाङको तुलसीपुुर उपमहानगरपालिका–१९ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको पञ्चकर्मा कक्षमा आज आगलागी भएको छ।
ग्यासमा पानी तताउने क्रममा आगलागी भएको अस्पतालका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुुरले जानकारी दिए। आगलागीबाट यहाँ रहेका टेबुल, दराजलगायत सामग्री जलेर नष्ट भएको छ।
‘अस्पतालको सेवा केही दिन प्रभावित हुने अवस्था छ’, उनले भने, ‘सेवा प्रदान गर्न वैकल्पिक उपाय अपनाइनेछ।’ आगलागीबाट झण्डै रु एक लाख बराबरको क्षति भएको डा ठाकुरले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सालयका कर्मचारी र स्थानीयवासीले आगो निभाएका थिए। रासस
प्रतिक्रिया