अदालतको मानहानी गरेको भन्दै उनलाई अदालतले जेल सजाय सुनाएको हो।
७८ वर्षका जुमामाथि राज्यको दुरुपयोग गरेर देशको ढुकुटी लुटेको आरोप लागेको छ। सन् २०१८ सम्म उनी देशका राष्ट्रपति थिए।
अदालतले भ्रष्टाचार गरेको आरोपमा उपस्थित हुनको लागि समय सीमा तोकेको थियो। तर अदालतको आदेश पालना नगरेपछि उनलाई अदालतले जेल सजाय सुनाएको हो।
जुमामाथि ठगी तथा भ्रष्टाचारको १६ वटा मुद्दा विचाराधीन छन्। उनले फाइटर जेट, सैन्य डुंगा खरिद गर्दा अरबौं डलर घोटाला गरेको बताइएको छ।
अदालतले मुद्दामाथि सुनुवाईको लागि बोलाउँदा नमानेपछि उनलाई जेल सजाय सुनाइएको हो। बाँकी मुद्दाको विषयमा पनि सुनुवाई जारी रहने बताइएको छ। एससीएमपी
प्रतिक्रिया