ad ad

समाज


नेपाल प्रहरीका पूर्वआईजीपी बरालको निधन

नेपाल प्रहरीका पूर्वआईजीपी बरालको निधन

नेपालखबर
जेठ ५, २०७८ बुधबार ६:३४,

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) खड्गजित बरालको निधन भएको छ।

९३ वर्षीय बरालको बुधबार महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ।

नेपाली कांग्रेसले सुरु गरेको मुक्तिसेनाबाट आन्दोलनमा होमिएका बराल २०१३ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

उनले २०२९ साउनदेखि २०३५ जेठसम्म प्रहरी नेतृत्व सम्हालेका थिए। प्रहरी सेवाबाट अवकाश भएपछि पञ्चायतको सांसद चुनिए भने बर्माको लागि नेपाली राजदूत पनि भए।

गत वर्ष ५ महिना अस्पताल भर्ना भएका उनको दुईवटा मुख्य शल्यक्रिया गरिएको उनका सुपुत्र रञ्जीत बरालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

पारिवारिक स्रोतका अनुसार उनको आजै अन्तिम संस्कार गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .