ad ad

समाज


आज र भोलि यी स्थानमा ठूलो वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी

आज र भोलि यी स्थानमा ठूलो वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी

नेपालखबर
जेठ ५, २०७८ बुधबार ०:३८,

पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतमा विकसित ताउते चक्रवातको प्रभावले नेपालमा केही दिनदेखि मौसम बदली तथा विभिन्न स्थानमा वर्षा जारी छ।

अझै ३ दिनसम्म वर्षा/हिमपात जारी रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले प्रदेश २ र प्रदेश १ मा आंशिक तथा देशका बाँकी स्थानमा सामान्यदेखि पूर्णसम्म बदली छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

वर्षा हुने क्रम भोलि बिहीबार अझ बढ्ने सम्भावना छ।

महाशााखाले आज बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो तथा राति देशका धेरैजसो स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना छ।

दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ।

यसैगरी दिउँसो उच्च हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात, वर्षाको सम्भावना छ।

आज राति पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

उच्च हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात तथा वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाको मात्रा भोलि अझ बढ्ने मौसमविद्ले अनुमान गरेका छन्।

मौसमविद्का अनुसार भोलि बिहीबार दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। थोरै स्थानमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा अति भारी वर्षासमेत हुने सम्भावना छ।

बिहीबार राति पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। थोरै स्थानमा भारी वर्षा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा अति भारी वर्षासमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार उच्च हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात/वर्षाका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भेगका थोरै स्थानमा साथै अन्य प्रदेशका १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ: कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावनासमेत छ। जसका कारण खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

शुक्रबारबाट भने वर्षाको मात्रा केही कम हुने अनुमान मौसम महाशाखाले गरेको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो कर्णाली, सुदूरपश्चिम प्रदेशका केही ठाँउ र बाँकी पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कर्णाली, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

शुक्रबार राति पनि प्रदेश १ को पहाडी भेगका एक÷दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाहुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .