ad ad

समाज


निषेधाज्ञाको २०औँ दिन : अनुगमन बढेसँगै चहलपहलमा कमी

निषेधाज्ञाको २०औँ दिन : अनुगमन बढेसँगै चहलपहलमा कमी

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ८:५३,

निषेधाज्ञाको २०औँ दिन आज (मंगलबार) काठमाडौं उपत्यकाका तीनै जिल्लामा तुलनात्मक रुपमा सवारीसाधन कम सञ्चालन भएका छन्।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवाका, खाद्यान्न बोकेका, सरसफाई, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा कार्यरतहरुका सवारी साधन निर्वाध सञ्चालन भएका छन्।

फाट्टफुट्ट बिना सवारी पास सवारी लिएर सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले चेकजाँच गरि नियन्त्रणमा लिएको छ। अनुमति बिना हिँडडुल गरेर प्रहरीको होल्डिङ सेन्टरमा रहेकाहरु पनि मंगलबार तुलनात्मक रुपमा न्यून नै छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली नेतृत्वको अनुगमन टोलीको सक्रियता बढेसँगै बिना अनुमति सवारी साधन लिएर बाहिर निस्कनेहरुमा कमि आएको हो। त्यसैगरी निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेपछि पनि निषेधाज्ञाको पालना गर्ने क्रम बढेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .