भारतमा कोरोना संक्रमण दर दैनिक आँधीको गतिमा बढिरहेको छ।
पछिल्लो २४ घण्टामा यति अवधिमा अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ८६ हजार ४५२ जना कोरोना संक्रमित थपिएका हुन्। यस्तै यस अवधिमा ३ हजार ४९८ संक्रमितको मृत्यु भएको छ।
भारतमा यही अप्रिल २१ यता दैनिक ३ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतमा संक्रमण बढिरहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको छ। किनकि खुला सीमा छ भने दुई देशका नागरिकबीच नजिकको सम्बन्ध पनि।
प्रतिक्रिया