ad ad

समाज


नेपाल दक्षिण एसियाकै सबैभन्दा खुशी राष्ट्र, फिनल्यान्ड विश्वकै पहिलो

नेपाल दक्षिण एसियाकै सबैभन्दा खुशी राष्ट्र, फिनल्यान्ड विश्वकै पहिलो

नेपालखबर
चैत ७, २०७७ शनिबार ७:३६,

विश्वकै खुशी मुलुकको सूचीमा फिनल्याण्ड लगातार चौथो पटक शीर्ष स्थानमा पर्न सफल भएको हो।

संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ। जहाँ १४९ देशको सूची राखिएको छ।

सूचीअनुसार नेपाल दक्षिण एसियाकै सबैभन्दा खुशी राष्ट्र बन्न सफल भएको छ।

सबैभन्दा कम खुशी भने अफगानिस्तानका नागरिक रहेको अध्ययनमा देखिएको छ।

सूचीअनुसार भारत १३९ औं स्थानमा छ। एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुशीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

अध्ययनकर्ताहरुका अनुसार फिनल्याण्डपछि धेरै खुशी हुनेमा डेनमार्कका नागरिक परेका छन्। नागरिकलाई खुशी राख्ने देशहरुको सूचीमा स्वीजरल्यान्ड तेस्रो र आइसल्यान्ड चौथो क्रममा रहेका छन्।

विश्व खुशीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक बर्ष सार्वजनिक गर्ने गरिएको छ।

प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुशीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .