भारतकै ठूला उद्योगी मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ राखिएको प्रकरणका कारण मुम्बई प्रहरी आयुक्तको कुर्सी गुमाएर पनि परमवीर सिंहको संकट टरेको छैन।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना अनुसन्धान गरिरहेको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को टोलीले उनीसँग सोधपुछ गर्न सक्छ। यसका लागि गृह मन्त्रालयसँग अनुमति मागिएको छ।
अम्बानी प्रकरणमा गिरफ्तार गरिएका मुम्बईकै प्रहरी सहायक निरीक्षक सचिन वाजेले घटनाको सीधा रिपोर्टिङ परमवीर सिंहलाई गरेका थिए। अम्बानीको घरअगाडि विस्फोटक पदार्थ (जिलेटिन) ले भरिएको स्कार्पियो गाडी राखिएको घटना अनुसन्धानको जिम्मेवारी परमवीर सिंहले नै वाजेलाई सुम्पिएका थिए।
हाल मुम्बई प्रहरी आयुक्तबाट हटाएर परमवीर सिंहलाई गृह रक्षकको जिम्मेवारी दिइएको छ।
एनआईएले परमवीर सिंहलाई सोध्न सक्छ, यी ७ प्रश्न–
१. सोह्र वर्षसम्म निलम्बन गरिएका सचिन वाजेलाई के आधारमा फेरि पुनर्बहाली गरियो?
२. अपराध शाखामा कैयौं वरिष्ठ प्रहरी अधिकारी हुँदाहुँदै वाजेलाई निै किन सीआईयूको प्रमुख बनाइयो?
३. प्रोटोकल नाघेर वाजेले सीधै तपाईंलाई किन रिपोर्टिङ गर्थे?
४. एक सहायक प्रहरी निरीक्षक भएर पनि वाजेको प्रभावप्रति किन तपाईंलाई शंका लागेन?
५. अम्बानीको घरमा विस्फोटक पदार्थ भेटिएको घटनाको जानकारी पाएर पनि अधिकार नै नभएको वाजेलाई अनुसन्धानको जिम्मेवारी किन दिइयो?
७. सचिन वाजेलाई विशेष अधिकार दिन कुनै राजनीतिक व्यक्तिले दबाब पो दिएका थिए कि?
घटनाको पृष्ठभूमि यस लिंकबाट क्रमशः – गहिरिँदै अम्बानी प्रकरण, मुम्बई प्रहरी आयुक्त सरुवा
प्रतिक्रिया