उनलाई गतहप्ताको बुधबार मृत्युदण्ड दिइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
फ्ल्याट खरिद गर्नका लागि ३३ वर्षका फु बिलियनले सन् २०१८ मा ५६ वर्षकी आमालाई करेन्ट लगाएर तथा रडले हिर्काएर हत्या गरेका थिए।
फ्ल्याट खरिद गर्न पैसा नपुगेपछि इन्स्युरेन्सको लोभमा उनले आमाको हत्या गरेका थिए।
यो घटना सिचुवान प्रान्तको जिगोङको हो। योजनाबद्ध रुपमा आमाको हत्या गरेपछि उनी फरार भएका थिए। आमाको हत्याको समयमा उनले आफू बेग्लै स्थानमा भएको देखाउन चाहन्थे।
तर त्यस वरपरको सीसीटीभीले उनलाई हत्याको समयमा सोही क्षेत्रमा देखाएपछि उनको कर्तुत बाहिरिएको थियो।
सन् २०१९ को जुलाईमा प्रहरीको अनुसन्धानपछि फुले आमाको हत्या गरेको पुष्टि भएको थियो।
त्यसपछि जिगोङको अदालतले उनलाई मृत्युदण्ड दिइने फैसला गरेको थियो।
प्रतिक्रिया