ad ad

समाज


कुवेत लैजाने भन्दै महिलालाई श्रीलंका पुर्‍याएर बेचबिखन गर्ने पक्राउ

कुवेत लैजाने भन्दै महिलालाई श्रीलंका पुर्‍याएर बेचबिखन गर्ने पक्राउ

नेपालखबर
फागुन ३, २०७७ सोमबार १२:६,

वैदेशिक रोजगारीका नाममा महिलालाई श्रीलंका पुर्‍याई बेचबिखन गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–३ घर भई पर्वत कुस्मा नगरपालिका–२ बस्ने सुबेदी कान्छो, खेम सुबेदी भन्ने ३६ वर्षीय खेमबहादुर सुबेदी रहेका छन्।

सुबेदीले एक महिलालाई वैदेशिक रोजगारीको बहानामा बेचबिखन गर्ने उद्देश्यले कुवेतमा घरायसी कामका लागि जान पैसा खर्च हुँदैन भन्दै २०७६ सालमा राहदानी समेत आफ्नै खर्चमा बनाई नेपालको एयरपोर्टबाट जान नमिल्ने भयो भारतबाट जानु पर्छ भन्दै ललाई फकाई बिभिन्न प्रलोभनमा पारी काठमाडौं, नेपालगंज, भारतको नयाँदिल्ली, चेन्नाई हुँदै मलेसियाबाट श्रीलंका पुर्‍याएका थिए।

श्रीलंका पुर्‍याएपश्चात सिराक खान र आलिक खानले श्रीलंकास्थित तालदुवा भन्ने ठाउँमा पुर्‍याई बन्धक बनाई राखेकोमा श्रीलंका प्रहरीले जाँच गर्दा भिसा नभएको कारण १० महिनासम्म कुर्भित्ता जेलमा रहेको अवस्थामा श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन्।

उक्त मुद्दामा संलग्न रही फरार भएकामध्ये सुबेदीलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पर्वत कुस्मा नगरपालिका–२ स्थित नयाँपुल भन्ने स्थानमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .