भारतको उत्तर प्रदेशमा पर्ने मुरादाबाद जिल्लामा ठूलो दुर्घटना भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बस र कन्टेनर आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।
साथै २० जनाभन्दा बढी घाइते भएका छन्।
आगरा हाईवेस्थित कुन्दरकी थाना क्षेत्रमा नानपुर पुलनजिक शनिबार बिहान केन्टेनर र बस आपसमा ठोक्किएका हुन्। ओभरटेक गर्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।
प्रहरीका अनुसार एक निजी बस कुन्दरबाट यात्रु लिएर मुरादाबाद जाँदै थियो। नानपुर पुलनजिक पुग्नासाथ कन्टेनरसँग ठोक्किएको हो।
प्रतिक्रिया