ad ad

समाज


कोरोनाविरुद्धको लडाइँ जित्न गेट्स फाउन्डेसनले थप २५ करोड डलर दिने

कोरोनाविरुद्धको लडाइँ जित्न गेट्स फाउन्डेसनले थप २५ करोड डलर दिने

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ८:५४,

सन् २०२१ मा सबैका लागि कोभिड–१९ सँग सम्बन्धित वैज्ञानिक नवीन खोजमा पहुँच उपलब्ध गराउन पनि सबैसँग फाउन्डेसनले आह्वान गरेको छ।

फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा सन् २०२१ मा विश्वको अवस्थामा व्यापक सुधार हुने अपेक्षा पनि गरिएको छ।

फाउन्डेसनकी सह–अध्यक्ष मेलिन्डा गेट्सले विश्वका सबै ठाउँका धनी गरिब सबै किसिमका मानिसले कोभिड–१९ को खोप सहज र सुलभ रुपमा प्राप्त गरेको सुनिश्चित गर्न विश्वका नेताहरुले विशेष रुपमा ध्यान दिने विश्वास पनि व्यक्त गरिन्।

फाउन्डेसनले कोभिड–१९ को खोपलाई सस्तोमा सबै क्षेत्रमा खासगरी न्यून आय भएका मुलुकहरुमा उपलब्ध गराउन घोषित रकमको उपयोग गरिने जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “अहिले हामीसँग यस वर्षको शुरुमा अपेक्षा गरिएको भन्दा खोपहरुको विकास निकै तीव्र गतिमा भएको छ। तर यी नवीन खोज सबैको पहुँचमा उपलब्ध भएमा मात्र त्यसले सार्थक नतिजा दिन सक्दछ ।”

कोभिड–१९ विरुद्धको संघर्षमा विश्वका धनाढ्य बिल गेट्सको अगुवाईमा स्थापित गेट्स फाउन्डेसनबाट भएको कूल प्रतिबद्धता १ खर्ब ७५ अर्ब डलर पुगेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .