ad ad

समाज


कोरोना सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि निःशुल्क

कोरोना सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि निःशुल्क

नेपालखबर
मंसिर २०, २०७७ शनिबार २:४४,

इलामको इलाम नगरपालिका–७ नम्बर वडा कार्यालयले स्थानीय कोरोना सङ्क्रमितलाई निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ।

होम आइसोलेसन तथा वडा कार्यालयभित्र रहेका आइसोलेसन कक्षमा रहेका सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिने भएको हो।

विभिन्न खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि वितरण गरिने वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए। उनले होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्न घरघरमै जाने र चिकित्सकको टोलीसहित औषधि वितरण गरिने बताए।

त्यसका लागि वडाभित्र सङ्क्रमितको पहिचान गर्ने कार्य भइरहेको छ। आयुर्वेदिक औषधिले अन्य असर नगर्ने, शरीरमा रोगसँग लड्न सक्ने क्षमता बढाउने खालका औषधि चिकित्सकको सल्लाहबमोजिम नै खुवाउने व्यवस्था मिलाइने वडाध्यक्ष श्रेष्ठको भनाइ छ।

कोरोनाको कुनै पनि औषधि पत्ता लाग्न नसकेको अवस्थामा रोग प्रतिरोधात्मक औषधि सिफारिस गर्ने गरिएको छ। आयुर्वेदिक औषधि पनि चिकित्सकसँग सिफारिस गरेर मात्र वितरण गरिने बताइएको छ।

इलाम नगरपालिका–७ इलाम जिल्लाभरिमै बढी सङ्क्रमित रहेको वडा हो। इलाम सदरमुकाम र इलामकै प्रमुख व्यापारिक केन्द्र यहाँ रहेकाले पनि यस वडामा सङ्क्रमितको सङ्ख्या बढी छ।

वडाध्यक्ष श्रेष्ठले यस वडामा सङ्क्रमितको अवस्था बुझ्ने, उनीहरुको खानपानमा परिवारलाई सचेत गराउने र सरसफाइमा ध्यान दिन अनुरोध गरिने बताए।

साथै कोरोना सङ्क्रमित बाहिर हिँडडुल गर्ने गरेको र कोरोनालाई सामान्य सम्झिएर अन्यलाई रोग फैलाउने काम गरेको पाइएमा कारबाहीका लागि सिफारिस गर्नेसमेत बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .