ad ad

समाज


वैदेशिक रोजगारीमा जाने श्रमिकले अब अनलाइनमार्फत भुक्तानी गर्न पाउने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अब अनलाइनमार्फत भुक्तानी गर्न पाउने

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ४:३,

वैदेशिक रोजगारीमा जाने श्रमिकले कल्याणकारी कोष तथा म्यादी जीवन बीमाको रकम अ अनलाइनमार्फत भुक्तानी गर्न पाउने भएका छन्।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अब विद्युतीय माध्यमबाट समेत भुक्तानी गर्ने व्यवस्था मिलाइएको हो।

सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको विमा कम्पनीहरुले जनाएका छन्। अब सेवा प्रदायक संस्थाहरूबाट सेवा लिएबापत सेवाग्राहीले कुनै पनि थप शुल्कसमेत तिर्न नपर्ने भएको छ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले कल्याणकारी कोष र बीमाको रकम इ सेवाबाट भुक्तानी गर्न सकिने छ। इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ् । सन नेपाल लाइफ इन्सुरेन्सले जारी गर्ने वैदेशिक रोजगार म्यादी बीमाको इसेवामार्फत भुक्तानी गर्न सकिन्छ।

यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुवै किसिमको भुक्तानी गर्न सकिन्छ। आफैँले वा आफ्नो साथीभाइको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्वीकृति लिने प्रक्रियामा भएका व्यक्तिले इसेवाबाट व्यक्तिगत रूपमा कल्याणकारी कोषमा रकम बुझाउन सक्नेछन्।

यसैगरी पहिले रोजगारका लागि विदेश गइसकेको र पुनः सोही ठाउँमा जान भिसा नवीकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रूपमा अनलाइन फारम भरी इसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सक्नेछन्।

यस्तै वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीले पनि एकमुष्ट कल्याणकारी कोषमा रकम बुझाउन सक्नेछन्। जसका लागि कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएकोे लट नम्बर प्रयोग गरी पनि इसेवाबाट रकम बुझाउन सकिनेछ।

इसेवाबाट सिधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशिक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुनेछ । यसअघि कल्याणकारी कोष र बीमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .