ad ad

समाज


सर्लाहीमा बसले ठक्कर दिँदा कार चालकको मृत्यु

सर्लाहीमा बसले ठक्कर दिँदा कार चालकको मृत्यु

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ३:७,

पूर्व-पश्चिम राजमार्गमा पर्ने सर्लाहीको बाँके जंगलमा वुधवार राति बस र कार आपसमा ठोक्किँदा कार चालकको मृत्यु भएको छ।

जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवा आउँदै गरेको ना ४ ख २७९६ नम्वरको बस र विपरीत दिशातर्फ गइरहेको प्रदेश २–०२–००१–च ०३१९ नम्बरको कार आपसमा ठक्कर खाँदा कार चालक महोत्तरीको मनरा नगरपालिका १ का नागेन्द्र कुमार सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।

राति ८ बजे दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाईते भएका सिंहलाई उपचारका लागि लालबन्दीतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनापछि बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .