ad ad

समाज


३९६ स्थानीय तहमा आधारभूत अस्पतालः सरकारले कति रकम खर्चदैछ?

३९६ स्थानीय तहमा आधारभूत अस्पतालः सरकारले कति रकम खर्चदैछ?

नेपालखबर
मंसिर १५, २०७७ सोमबार १०:२२,

सरकारले स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३९६ स्थानीय तहमा अस्पताल पाँच देखि १५ शैय्यासम्मका आधारभुत अस्पताल निर्माणको थालनी गरेको छ।

चालु आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल स्थापना गर्ने नीतिअनुरुप यस आर्थिक वर्षमा ३९६ स्थानीय तहमा अस्पताल भवन निर्माण गर्न लागिएको हो।

सोमबारमात्रै एकै दिन २५० बढी स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव बसन्त अधिकारीले अधिकांश स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको शिलान्यास भएका जानकारी दिए।

संघीय सरकारका मन्त्री, मुख्यमन्त्री, प्रदेश सकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलगायतले विभिन्न स्थानीय तहमा अस्पताल निर्माणको शिलान्यास गरेका छन्। आज शिलान्यास हुन नसकेको स्थानीय तहले पनि चालु आर्थिक वर्षभित्रै अस्पताल निर्माण गर्नुपर्नेछ।

कति रकम खर्च?
सरकारले पाँच श्ययाको अस्पताल निर्माण गर्न आठ करोड, १० श्ययाको अस्पतालका लागि ११ करोड र १५ श्ययाका अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोजन गरेको छ। ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन।

तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो। प्रदेश नं १ मा ३२, प्रदेश नं २ मा २०, वाग्मतीमा १९, गण्डकीमा ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण गरिनेछ।

सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ। पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ श्ययाको अस्पताल बनाउन ६४ अर्ब नौ करोड पठाइएको छ। पाँच श्ययाको अस्पतालका लागि रु ७० लाख, १० श्ययाका लागि ८५ लाख र १५ श्ययाका लागि एक करोड पठाइसकिएको छ। अस्पताल निर्माणको सम्पूर्ण काम स्थानीय तहले गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .