ad ad

समाज


उइगर मुस्लिमको विषयमा बोलेपछि चीनद्वारा इसाई धर्मगुरु पोपको आलोचना

उइगर मुस्लिमको विषयमा बोलेपछि चीनद्वारा इसाई धर्मगुरु पोपको आलोचना

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार १०:५४,

पोपले चीनमा रहेका उइगर मुस्लिमहरुले दुख र पीडा खेपेको विषय आफ्नो नयाँ पुस्तक ‘लेट अस ड्रिम’मा लेखेका छन्।

उइगर मुस्लिमको विषयमा लेखिएका विषय सरासर गलत भएको बताउँदै चीनले पोपको आलोचना गरेको हो।

‘पोपका भनाइहरु तथ्यमा आधारित छैनन्’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले मंगलबार भनेका छन्, ्‘चीनमा हरेक जातीय समूहले धार्मिक स्वतन्त्रताका साथै सबै किसिमका अधिकार पाएका छन्।’

अधिकारवादी संस्थाहरुका अनुसार चीनले उइगर मुस्लिमहरुका दमन गरेका छन्। उनीहरुको अस्तित्व मेटाउन धर्म परिवर्तन जबर्जस्ती गराएकोजस्ता आरोप समेत चीनमाथि लागेको छ।

पोपले आफ्नो पुस्तकमा चीनले उइगरको आस्थामाथि खलल पुर्याउने कार्य गरेको आरोप लगाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .