जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म एक करोड १५ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिँदा दुई लाख ५० हजारभन्दा बढीको मृत्यु भएको हो।
कोरोनाका कारण अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ। यहाँ सबैभन्दा धेरै संक्रमित छन् भने कोरोनाका कारण यहाँ नै सबैभन्दा बढीको ज्यान गएको छ।
हाल विश्वभर कोरोनाविरुद्धको खोप बनाउने क्रम जारी छ। अमेरिका, चीन, बेलायतजस्ता देशका खोप हाल अन्तिम चरणको परीक्षणमा प्रवेश गरिसकेका छन्।
प्रतिक्रिया