भारतको आग्रामा भएको सडक दुर्घटनामा परेर तीन नेपालीको मृत्यु भएको छ।
मंगलबार राति भएको सवारी दुर्घटनामा दिल्लीबाट सुनौली आउन लागेको कार आग्रा एक्सप्रेस वेमा ट्रकसँग ठोक्किँदा ३ जनाको मृत्यु भएको नमस्ते-सुपा देउराली टुरका सञ्चालक दिल खत्रीले दिए। खत्रीका अनुसार दुई जनाको घटना स्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
सात जना सवार उक्त कारमा रहेका अन्य चार जना भने घाइते भएको र धाइतेमध्ये दुई जनाको दिल्ली र दुई जनाको स्थानीय कृष्ण अस्पतालमा उपचार भइरहेको खत्रीले जानकारी दिए। घाइतेमध्ये एक जनाको अवस्था सामान्य रहेको छ।
मृतकमध्ये अहिलेसम्म एक जनाको मात्रै सनाखत भएको छ। अहिले मृतक र घाइतेको आफ्न्तसँग सम्पर्क गर्ने तयारी भइरहेको खत्रीले जानकारी दिए।
3
Shares
प्रतिक्रिया