ad ad

समाज


ब्रुनाईका राजकुमारको ३८ वर्षको उमेरमा मृत्यु

ब्रुनाईका राजकुमारको ३८ वर्षको उमेरमा मृत्यु

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार ०:५८,

ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको ३८ वर्षको उमेरमा मृत्यु भएको छ।

लामो समयदेखि बिरामी रहेका अजिमको शनिबार असामयिक निधन भएको हो।

सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मिएका अजिम ब्रुनाईका सुल्तान हाजी हसनल बोल्किआका दोस्रो पुत्र थिए।

सुल्तानको कार्यालयले विज्ञप्ति जारी गरेर राजकुमारको मृत्यु भएको जानकारी गराएको छ। विज्ञप्तिमा राजकुमारको निधनमा शोक मनाउन सात दिनसम्म आधा झण्डा झुकाइने उल्लेख छ। त्यस अवधिमा कुनै पनि औपचारिक कार्यक्रम हुने छैनन्।

उनको मृत्युको कारणबारे दरवारले कुनै जानकारी नदिए पनि उनी लामो समयदेखि बिरामी रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .