जाजरकोटमा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।
दसैंमा घर रंग्याउने माटो लिन गएका छेडागाड नगरपालिका ३ का चुवाकी ३० वर्षीया शितला जैसी र १६ वर्षिया आरती दाहालको शनिबार साँझ माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
जाजरकोटका प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठका अनुसार पहिरोमा परेर स्थानीय २४ वर्षीया सरिता जैसी र छेडागाड ४ जेवाकी ५० वर्षीया धनसरी चनारा गम्भीर घाइते भएका छन्।
उनीहरुलाई दशेरा स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारको लागि सेनाको हेलिकप्टर मार्फत् सुर्खेत लगिएको छ। उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दसैंमा घर लिप्ने माटो लिन उनीहरु घरदेखि चार किलोमिटर टाढा अस्पताल डाँडामा पुगेका थिए। माटो खन्दा बनेको आडारमा पसेर माटो निकाल्ने क्रममा सुख्खा पहिरो जाँदा उनीहरु पुरिएका श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया