ad ad

समाज


एपीएफ टोलीद्वारा लागु औषधसहित एक जना पक्राउ

एपीएफ टोलीद्वारा लागु औषधसहित एक जना पक्राउ

नेपालखबर
असोज २२, २०७७ बिहिबार १३:१९,

पर्साको बीरगञ्ज महानगरपालिका १७ अलौबाट सशस्त्र प्रहरी टोलीले ४५ बोतल कोरेक्स र ५० चक्की नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उमहानगरपालिका–९ बस्ने २३ वर्षीय अशोक थापा छन्।

प्र ०३–०३–००१ नम्बको मोटरसाइकलमा सवार निज थापालाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला परेपछि पक्राउ गरिएको हो।

पक्राउ परेका निज थापालाई बरामद लागुऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी सिर्सियामा बुझाईएको छ।

चोरीपैठारीको सामान बरामद
यस्तै, पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ६ रामपुर खडौनाबाट एपीएफ टोलीले करीव एक लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको प्याज बरामद गरेको छ।

पिकअप गाडीमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ५७ बोरा प्याज सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

एपीएफ टोलीले त्यसवेला प्याज ल्याउन प्रयोग भएको उक्त पिकअप गाडी समेत बरामद गरेको छ। बरामद प्याज तथा गाडी मुल भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ।बरामद गाडीको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले करीव एक लाख २६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना तथा कस्मेटिक सामान बरामद गरेको छ। भारतबाट अवैध रुपले पाँच वटा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका २ लालबकैया नदीको बाँधबाट बरामद गरेको हो।

बरामद सामान तथा साइकल भन्सार कार्यालय गौरमा बुझाईएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .