काठमाडौंमा झारफुक गर्ने क्रममा एक बालिकालाई धामीले तातो पन्यूँले डामेका छन्।
काठमाडौंको कीर्तिपुरस्थित चोभारमा १२ वर्षीया बालिका प्रमिला शाहीलाई स्थानीय धामीले तातो पन्यूँले डामेर गम्भीर घाइते बनाएका हुन्। असोज १ गते झारफुक गर्ने क्रममा बालिकालाई धामीले पन्यूँले डामेकाे प्रहरीले जनाएकाे छ।
तातो पन्यूँले घाँटीमा डामिएकी ती बालिकाको अहिले कीर्तिपुरस्थित माेडल अस्पतालमा उपचार भइरहेको छ।
बालिकालाई डाम्ने धामीलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता सोमेन्द्रसिं राठौरले बताए।
बालिकालाई तातो पन्यूँले डाम्ने २६ वर्षीय धामी किशोर शाहीलाई आइतबार पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता सोमेन्द्रसिं राठौरले बताए।
3
Shares
प्रतिक्रिया