ad ad

समाज


ट्रम्प भन्छन्ः अमेरिकामा अर्को महिनादेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ

ट्रम्प भन्छन्ः अमेरिकामा अर्को महिनादेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ

नेपालखबर
असोज १, २०७७ बिहिबार ८:४५,

स्थानीय समय अनुसार बुधबार उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको जानकारी दिएका हुन्।

उनले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको पनि बताए।

‘कोरोना भाइरसविरुद्धको खोप तयार हुँदैछ, मैले आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्नसक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ’ उनले भने।

यद्यपी उनले कोरोनाको खोप कहिलेदेखि वितरण गर्न सकिन्छ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको पनि बताएका छन्।

उनले अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केही गरी ढिला भएमा केही दिन मात्रै ढिला हुनसक्ने जिकिर गरेका छन्।

कोरोनाभाइरसबाट अति प्रभावित भएको अमेरिकामा अहिलेसम्म ६६ लाख १६ हजार ४५८ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण एक लाख ९६ हजार ४३६ जनाको मृत्यु भएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .