प्रदेश २ मा बिहीबार २५२ जना नयाँ संक्रमित थपिएका छन्। जसमा धनुषामा सबभन्दा बढी पर्सामा ६९ जना छन्।
यस्तै धनुषामा ६३ जना, महोत्तरीमा १९ जना, बारामा २५ जना, सर्लाही ३० र रौतहटमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए। नयाँ संक्रमित थपिएका मध्ये ५५ जना महिला छन्। योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार ८०८ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशका ८ महिलासहित १८३ जना कोरोना मुक्त भएको जनस्वास्थ्य प्रशासक झाले बताए।
आज कोरोनाबाट यस प्रदेशमा सप्तरीका एकजनाको मृत्यु भएको छ। राजविराज नगरपालिका वडा न ७ का ५५ वर्षीय पुरुषको बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।
3
Shares
प्रतिक्रिया