काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यका तीन जिल्लामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
बुधबार उपत्यकामा ३८८ जनामा संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया