ad ad

समाज


भारतले बनाएको कोरोना खोप दोस्रो चरणको परीक्षणमा

भारतले बनाएको कोरोना खोप दोस्रो चरणको परीक्षणमा

नेपालखबर
भदौ १५, २०७७ सोमबार १३:३०,

कोरोना भाइरसविरुद्ध भारतले बनाएको खोप मानवीय परीक्षण (ह्युमन ट्रायल) को दोस्रो चरणमा प्रवेश गरेको छ।

न्युज एजेन्सी पीटआईका अनुसार कोभ्याक्सिन नामको यो खोप मानिसमा दोस्रो चरणको परीक्षण गर्ने तयारी गरिएको हो।

इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (आईएमएस) र एसयूएम हस्पिटलमा परीक्षणका प्रमुख अन्वेषक डा. ईं वेन्काट रावले यसबारे जानकारी दिएका हुन् ।

उनले भने, ‘ट्रायलको पहिलो चरण पनि जारी छ। हामीले चाँडै दोस्रो चरण सुरु गर्ने योजना बनाएका छौं।’

साथै उनले पहिलो चरणको परीक्षणमा खोपको कुनै नकारात्मक प्रभाव (साइडइफेक्ट्स) नदेखिएको उनले जानकारी दिए।

बीबीसी हिन्दीका अनुसार यो खोप हैदराबादस्थित भारत बायोटक कम्पनीले बनाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .