पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२९ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आाइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका ४२९ जना संक्रमित थपिएको बताए।
उनका अनुसार उपत्यकामा थपिएका संक्रमितका काठमाडौँका ३७२ ललितपुरका १२ र भक्तपुरका ४५ रहेको छन्।
शनिबार उपत्यकाका १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया