ad ad

समाज


मेलम्चीमा पहिरो जाँदा ८ मजदुर बेपत्ता, ३ घण्टाको प्रयासछि १ जनाको जीवितै उद्धार

मेलम्चीमा पहिरो जाँदा ८ मजदुर बेपत्ता, ३ घण्टाको प्रयासछि १ जनाको जीवितै उद्धार

नेपालखबर
साउन १९, २०७७ सोमबार १:४७,

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- ११ मा पहिरोमा परेर आठ जना मजदुर बेपत्ता भएका छन्।

अबिरल वर्षासँगै गएराति पहिरो जाँदा कभर्ड हल निर्माणमा खटिएका आठ जना मजदुर बेपत्ता भएका प्रहरीले जनाएको छ। एक जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए।

‘राति दुई बजेको घटना हो। कामदार बस्ने टहरो पहिरोले पुर्दा आठ जना बेपत्ता भएका छन्। एकजनालाई उद्धार गरेर उपचारमा पठाइएको छ,’ एसपी महर्जनले सोमबार बिहान नेपालखबरसँग भने, ‘अहिले पनि उद्धार कार्य जारी छ। एक जनालाई तीन घण्टाको प्रयासपछि जिवितै उद्धार गरिएको छ।’

बेपत्ता हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एकजना भारतीय नागरिक राजेन्द्र चौधरी रहेका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पहिरोमा बेपत्ता हुनेमा सात जना नेपाली र एकजना भारतीय नागरिक छन्। नेपाली कामदार सबै पर्सा जिल्लाका भएका एसपी महर्जनले बताए।

उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .