ad ad

समाज


अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न पक्राउ

अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न पक्राउ

नेपालखबर
साउन १३, २०७७ मंगलबार ११:५४,

प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले काठमाडाै‌ंकाे खिचापाेखरीबाट अवैध कल बाइपासमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका-५ ताहाननी स्थायी घर भई काठमाडाैंकाे बौद्व बस्ने हरि शंकर श्रेष्ठ (वर्ष ३३) रहेका छन्।

उनलाई खिचापोखरीस्थित इम्पेरियल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र युनाईटेड टेक्नोलोजी प्रा.लि. रहेको भवनमा अवैध रुपमा कल बाइपास सञ्चालन गरी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे।

विशेष सूचनाका आधारमा प्रहरीले साे भवनमा छापा मारी उनलाई रंगेहात पक्राउ गरेकाे हाे।

उनकाे साथबाट ८ पोर्टको ओपन भक्स गेटवे थान-१, एकेड्याप्टर माेडल सासाे २८एफ समेत लेखिएको चार्जर थान-१, एनसेल सिम थान -८ बरामद भएकाे छ।

सीआईबीले अवैध भीओआईपी बिरुद्धको कारवाहीका क्रममा हालसम्म ११२ स्थानहरुबाट विभिन्न दुरसंचार कम्पनीका २३, हजार ९८१ थान सिम र उपकरणहरु सहित नेपाली नागरिक १३२ र विदेशी नागरिक ३८ गरी जम्मा १७० जनालाई पक्राउ गर्नुका साथै पक्राउ प्रतिवादीहरु बिरुद्ध रु. १२ अर्ब २० कराेड ५२ लाख ५२ हजार ३२७ रुपैयाँ ४७ पैसा बिगो मागदाबी लिई अदालतमा मुद्दा दायर गरेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .