ad ad

समाज


बरामद गरेको सुन बाँड्ने इन्सपेक्टरसहित चार प्रहरीविरुद्ध मुद्दा

बरामद गरेको सुन बाँड्ने इन्सपेक्टरसहित चार प्रहरीविरुद्ध मुद्दा

नेपालखबर
असार ५, २०७७ शुक्रबार ११:३९,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षक सहित जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम प्रसाद नेपालसहित ४ जनाविरुद्ध २६ लाख ५२ हजार ५९ रुपैयाँ बिगो कायम गरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरिएको हो।
उनीहरुले २०७६ पुष ११ गते अवैधरुपमा चीनबाट नेपालतर्फ ल्याएको सुन बरामद गरी आपसमा बाँडफाँड गरेको अख्तियारको आरोप छ।

टिमुरेका प्रहरी हवल्दार रामशरण रिमालले ना६ख ४९३२ नम्वरको कन्टेनरमा सवार यात्रुबाट ४२२ ग्राम सुन कब्जा गरेको जानकारी पाएर पनि उनलाई आवश्यक कारवाही गर्नुपर्नेमा बिदामा छोडेको अख्तियारले जनाएको छ। 

उनी बिदामा गएपछि पनि पटक पटक निरीक्षकसँग सम्पर्क भएको र नेपालले सुन मिलोमतो गरेको स्पष्ट भएको अख्तियारको ठहर छ।

निरीक्षक नेपाललाई ४२२ ग्राम सुनको प्रचलित दररेट बमोजिम हुन आउने बिगो २६ लाख ५२ हजार ५९ रुपैयाँको दोब्बर जरिवाना असुल उपर गर्न अख्तियारले माग गरेको छ।

पुरुषोत्तम खत्रीको सूचनाको आधारमा केरुङ्ग नाकाबाट टिमुरेतर्फ आउँदै गरेको ना६ख ४९३२ नम्वरको कन्टेनर कार्यालयभित्र ल्याई गाडीमा सवार व्यक्तिबाट ४२२ ग्राम सुन कब्जामा लिएर कानूनी कारवाही अगाडि नबढाएको पुष्टि हुन आएको भन्दै उनलाई पनि उति नै सजाय माग गरिएको छ।

अर्का हवल्दार रामकाजी लामाले कहीं कतै रिपोर्टसमेत नगरी उक्त सुन लुकाउनमा मद्दत गरेको अख्तियारको आरोप छ। हवल्दार पुरुषोत्तम खत्रीले रामशरण रिमालले सुन लुकाएको थाहा पाएको र जानकारी नदिएकाले उनलाई पनि उतीनै सजायको माग गरिएको छ।

अख्तियारले उक्त आरोप पत्र शुक्रबार विशेष अदालत, काठमाडौंमा दायर गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .