नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।
भरतपुर अस्पतालको आईसीयूमा उपचारत कोरोना संक्रमित ६८ वर्षीय व्यक्तिको मृत्यु मंगलबार बिहान भएको हो।
उनको ठेगाना भरतपुर महानगरपालिका ११ हो। उनलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।
नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट सोमबार साँझ मात्र उनलाई भरतपुर अस्पतालको आईसीयूमा सारिएको अस्पताल स्रोतले जानकारी दिएको छ।
Posted by Bharatpur Hospital on Monday, June 8, 2020भ. न. पा. ११ बस्ने वर्ष ६८ का पुरुष गत शुक्रबार देखि नारायणी सामुदायिक अस्पतालको आइ.सि.यूमा उपचाररत रहनुभएको र COVID-19...
अहिले उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ।
नेपालमा काेराेनाका कारण यसअघि १४ जनाकाे मृत्यु भइसकेकाे छ।
प्रतिक्रिया