कपिलवस्तुमा शनिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बुद्धभुमी नगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो।
वडा नम्बर ५ का १९ र २९ वर्षका र वडा नम्बर ६ का २३ र ३६ वर्षका पुरुषमा संक्रमण देखिएको हो।
याेसगै कपिलवस्तुमा संक्रमितको संख्या ४७९ पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जनाए।
त्यसमध्ये ३३ जना निको भएर घर फर्किसकेका छन।
3
Shares
प्रतिक्रिया