ad ad

समाज


विदेशबाट उद्धार गरिने नागरिकलाई उनीहरुकै खर्चमा ल्याउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

विदेशबाट उद्धार गरिने नागरिकलाई उनीहरुकै खर्चमा ल्याउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

नेपालखबर
जेठ २१, २०७७ बुधबार १२:२६,

विदेशबाट उद्धार गर्ने नागरिक आफ्नै खर्चमा फर्किनुपर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। नेपालको संविधान तथा प्रचलित वैदेशिक रोजगार ऐनको व्यवस्थासमेत विपरीत यो निर्णय भएको भन्दै निर्णय बदर गर्न आदेश माग गरिएको छ।

अधिवक्ताहरु बरुण घिमिरे, प्रवीण सुवेदी, अनुराग देवकोटा र विनय रिमालले बुधबार उत्प्रेषण तथा परमादेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

हवाई उडान खर्च र होटल क्वारेन्टिन खर्च लगायतका सम्पूर्ण खर्च व्यक्ति आपैmँले व्यहोर्नु पर्ने तथा भारतबाट नेपाल प्रवेश गरे पश्चात स्थानीय क्वारेन्टिनसम्मको यातायात खर्च व्यक्ति स्वयंले व्यहोर्नु पर्ने व्यवस्थाले नेपालले चीन बाट नेपाली नागरिकलाई उद्दार गर्दाको सहायतासँग असमान व्यवहार गरेको रिटमा उल्लेख छ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई फर्काउन कल्याणकारी कोष वा सरकारको रकम प्रयोग गरी तत्काल उद्धार गर्न अन्तरिम आदेशसमेत माग गरिएको छ।

रिटको प्रारम्भिक तथा अन्तरिम आदेशको सुनुवाईको पेशी जेठ २५ गते तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .