ad ad

समाज


युवतीसँगको सम्बन्धलाई लिएर सर्लाहीमा युवकमाथी निर्मम कुटपीट, प्रहरीले लिएन जाहेरी

युवतीसँगको सम्बन्धलाई लिएर सर्लाहीमा युवकमाथी निर्मम कुटपीट, प्रहरीले लिएन जाहेरी

नेपालखबर
जेठ २०, २०७७ मंगलबार १७:०,

सर्लाहीमा युवक र युवतीको सम्बन्धको विषयलाई लिएर युवकमाथि निर्मम कुटपीट भएको छ।

युवतीका आफन्तको कुटपीटबाट युवक गम्भीर घाइते भएका छन्।

अचेत अवस्थामा रहेका ती युवकको काठमाडौंको अन्नपुर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ।

युवतीका आफन्तको कुटाइबाट सर्लाहीको वागमती नगरपालिका १० का २० वर्षीय राजकुमार कुशहवा घाइते भएका छन्।

उनको टाउको लगायत शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।

शुक्रबार राति युवतीको घर गएका युवकमाथी युवतीका चारजना दाइ र वुवाले कुटपीट गरेको उनका दाइ सन्जयकुमार कुशहवाले बताए।

‘भाइलाई मारेर फालिदिएका छन् भन्ने खबर छिमेकीले सुनाएपछि राति २ बजे युवतीको घर गयौं, हामीले भेट्दा भाइ अचेत अवस्थामा थियो,’ संजयले नेपालखबरसँग भने।

स्थानीय प्रहरी त्यहाँ भएपनि युवक चोरी गर्न आएको र कुटपीट गरेको बताएपछि प्रहरीले उल्टै उनलाई नै नियन्त्रणमा लिएको र युवतीका आफन्तलाई केही नगरेको गुनासो युवकका आफन्तको छ।

शुक्रबार राति नै उनलाई स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो।

तर त्यहाँ उपचार हुन नसकेपछि मलंगवास्थित स्वाभिमान अस्पताल लगेका थिए।

त्यहाँ पनि उपचार हुन नसकेपछि शनिबार चितवन मेडिकल कलेज लगिएको थियो। तर त्यहाँ हाल अन्य रोगका बिरामी भर्ना नलिने भन्दै काठमाडौं लैजान भनियो।

शनिबार घर फर्किएका उनीहरुले आइतबार राति नै खुर्कोट हुँदै काठमाडौं ल्याएका थिए।

इलाका प्रहरी कार्यालयबाट इन्सपेक्टरको नेतृत्वमा समेत टोली आएको थियो। तर उनले समेत ‘आवेशमा आएका कारण घट्ना भएको’ भनी सो घटनालाई सामान्यरुपमा लिएको र आफ्नो जाहेरी समेत दर्ता गर्न नमानेको पीडितको गुनासो छ।

Sarlahi youth 2काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालकाे बेडमा घाइते युवक।

काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालले उनको मुटुमा दखल पुगेको आफन्तलाई बताएको छ। अस्पतालले बुधबार थप रिपोर्ट आएपछि अरु जानकारी दिने बताएको घाइतेका दाइ सन्जयले बताए।

युवतीका दाइले भने राति बहिनीको कोठामा भेटेका कारण कुटपीट गरेको बताएका छन्। उनले आवेशमा कुटपीट भने बढी नै भएको स्वीकारे।

‘त्यति राति बहिनीसँग भेटेपछि हामीलाई रिस उठ्यो, आवेशमा आएर भाइहरुले बढी नै कुटपीट गरेका हुन्,’ युवतीका दाजुले भने, ‘धन्न बहिनीमाथी गलत घटना हुन पाएन, तर केटाको नियत गलत नै हो।’

उनले ढोका र पिलरमा ठोक्किएर चोट लागेको बताए।

‘अफेयर छ भने बाहिर बोलाउन पर्थ्याे, भगाएर लैजान पनि सक्थ्यो। आवेशमा यो घटना भएको हो। यसमा राजनीति गर्न खोजिँदैछ,’ युवतीका दाइले भने।

प्रहरी निरीक्षक राजेन्द्र यादवले केटा र केटीको विषयमा कुटपीट भएको र घटनाको अनुसन्धान भइरहेको बताएका छन्।

उनले जाहेरी नआएको दाबी गरे। तर युवक पक्षले भने जाहेरी लिएर जाँदा प्रहरीले समेत बलत्कार र चोरीको मुद्दा लगाइदिन्छु भनेर थर्काएको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .