ad ad

समाज


जर्ज फ्लोइड मृत्युविरुद्ध आन्दोलनः अमेरिकामा हुन थाल्यो यस्तो विध्वंश

जर्ज फ्लोइड मृत्युविरुद्ध आन्दोलनः अमेरिकामा हुन थाल्यो यस्तो विध्वंश

नेपालखबर
जेठ १७, २०७७ शनिबार १६:५,

अमेरिकामा प्रहरी नियन्त्रणमा रहेकै बेला अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको मृत्यु भएपछि विरोधमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ।

उनको हत्या भएको दाबी गर्दै अमेरिकाका मिनेसोटा, न्युयोर्क, एटलान्टालगायत विभिन्न सरहमा हिंसात्मक प्रदर्शन भएका छन्।

सयौँ मानिसले जर्ज फ्लोइडलाई न्यायको माग गर्दै ह्वाइट हाउसबाहिर पनि विरोध प्रदर्शन गरेका छन्।

गोरा जातिका डेरेक चौविनले काला जातिका ४६ वर्षीय फ्लोइडको घाँटी थिचेको फुटेज सार्वजनिक भएको थियो। यस घटनापछि चौविन र अन्य तीन प्रहरीलाई सेवाबाट बर्खास्त गरिसकिएको छ।

चौविनलाई सोमबार पहिलोपटक मिनियापोलिसस्थित एक अदालतमा उपस्थित गराइने बताइएको छ।

यसैबीच राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले फ्लोइडका परिवारसँग कुराकानी गरेको बताएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .