धनुषाका २९ जनासहित बिहीबार प्रदेश २ का थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
धनुषाका २९, महोत्तरीका १७, सप्तरीमा १४, सर्लाहीका ७, सिरहामा ६ र रौतहटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणबाट काेराेना संक्रमण पुष्टि भएकाे हाे।
प्रतिक्रिया