ad ad

समाज


यी हुन् विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण भएका १० देश

यी हुन् विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण भएका १० देश

नेपालखबर
जेठ ११, २०७७ आइतबार १:४४,

विश्वमा आइतबार बिहान ७ः१५ बजेसम्म कोरोना भाइरसबाट ५४ लाख १६ हजार १२ जना संक्रमित भएका छन् भने यसको संक्रमणबाट संसारभरमा ३ लाख ४३ हजार ८ सय ४ मानिसको भइसकेको छ।

विश्वभरको कोरोना संक्रमणको अपडेट गर्ने वेबसाइट वर्ल्डओमिटरका अनुसार संक्रमितमध्ये यो लेख्दासम्म २२ लाख ४७ हजार १५१ जना निको पनि भएका छन्।

अहिले विश्वमा सबैभन्दा बढी पीडित देश अमेरिका हो, जहाँ साढे १६ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने साढे ९८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

यहाँ विश्वमा कोरोनाबाट सर्वाधिक संक्रमण भएको १० देशको तथ्यांक प्रस्तुत गरिन्छ। मृत्युका हिसाबले केही देश तलमाथि छन्, तर यहाँ संक्रमितको संख्याका हिसाबले तथ्यांक प्रस्तुत गरिएको हो।

१. अमेरिकाः  संक्रमित–१६, ६६, ८२८    मृत्यु–९८, ६८३

२. रुसः  संक्रमित–३,३५८८२     मृत्यु–३,३८८

३. ब्राजिलः  संक्रमित–३,४७, ३९८    मृत्यु–२२,०१३

४. बेलायतः संक्रमित–२,५७,१५४    मृत्यु–३६, ६७५ 

५. स्पेनः  संक्रमित–२,८२,३७०    मृत्यु–२८, ६७८ 

६. इटलीः  संक्रमित–२,२९,३२७    मृत्यु–३२,७३५

७. फ्रान्सः  संक्रमित–१,८२,४६९    मृत्यु–२८,३३२

८. जर्मनीः  संक्रमित–१,७९,९८६    मृत्यु–८,३३६

९. तुर्कीः  संक्रमित–१,५५,६८६   मृत्यु–४,३०८

१०. इरानः संक्रमित–१,३३,५२१    मृत्यु–७,३५९

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .