खोटाङको हलेसी तुवाचुङका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ।
हलेसी ७ का २० वर्षीय युवामा संक्रमण देखिएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले नेपालखबरलाई बताए।
उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षण गरिएको थियो।
ती युवा वैशाख १२ गते काठमाडौँबाट गाउँ फर्केका थिए। गाउँ पुगेपछि पनि उनी क्वारन्टिनमा बसेका थिएनन्।
हलेसीका ३३ जनाको परीक्षण गरिएकोमा २८ जनाको रिपोर्ट आइसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
उनले किट अभावमा समयमै परीक्षण हुन नसकेको बताए।
3
Shares
प्रतिक्रिया