ad ad

समाज


एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

नेपालखबर
जेठ ५, २०७७ सोमबार १३:३४,

सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ४ स्थित चट्टी टोलबाट सशस्त्र प्रहरी टोलीले चोरीपैठारीको १२ बोरा सुर्ती बरामद गरेको छ।

तीन वटा मोटरसाइकलमा राखेर ल्याउदै गरेको उक्त सुर्ती सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बर्साईनीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

एपीएफ टोलीले सुर्ती ल्याउन प्रयोग भएको तीन वटै मोटरसाइकल समेत बरामद गरेको छ। बरामद सुर्ती तथा मोटरसाइकल एपीएफ टोलीले भन्सार कार्यालय राजबिराजमा बुझाएको छ। सो सुर्ती तथा मोटरसाइकलको भन्सार दाखिला मुल्य चार लाख ९८ हजार रुपैयाँ रहेको छ।

मल–बिउ बरामद
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठिप्रसौनीबाट खटिएको एपीएफ टोलीले करीब एक लाख २९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।

चोरीपैठारीगरी नेपाल ल्याएर लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मूल्य बराबरको ५ सय ४ केजी धानको बिउ, २ सय ५० केजी युरिया मल र ३ बोरा किटनासक औषिध एपीएफ टोलीले पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका ५ मटरा स्थित सीमा ईलाकाबाट बरामद गरेको हो। बरामद सामान भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ।

सालको गोलिया काठ बरामद
यता, पर्सा जिल्लाको बीरगंज महानगरपालिका २९ स्थित रतनपुर ईलाकाबाट एपीएफ टोली, नेपाल प्रहरी र सब डिभिजन वन कार्यालय सबैयाको कर्मचारीले करीव ८४ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ।

सोही ठाउँमा रहेको जंगलबाट कटान गरी ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको २४ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश वेलवाबाट खटिएको एपीएफ टोली, नेपाल प्रहरी र वन कार्यालयको कर्मचारीले बरामद गरेको हो। बरामद काठ सव डिभिजन वन कार्यालय सबैयामा बुझाईएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .