काठमाडौँका दुई नर्समा र्यापिड टेस्टको रिपोर्ट पोजिटिभ आएपछि पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ देखिएको छ।
सुन्धारास्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्सको मंगलबार गरिएको र्यापिड टेस्टको रिपोर्ट ‘पोजिटिभ’ देखिएको थियो।
लगत्तै टेकुस्थिति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए।
‘दुवैको बुधबार आएको पीसीआर रिपोर्टमा नेगेटिभ आएको छ। आजै डिस्चार्जको तयारी छ,’ डा. राजभण्डारीले नेपालखबरसँग भने।
प्रतिक्रिया